Search site


Contact

Microstar Computer & mobile house
charikot, dolakha
charikot
00977

049421866

E-mail: hi_roshan_15@yahoo.com

ल्यापटपको मानिसमा असर

21/04/2011 11:26

 ल्यापटपको बिकासले धेरै मानिसको कामकाजलाई सजिलो बनाएको छ। यसलाई सजिलै एक ठाँउबाट अर्को ठाँउमा लान सकिने र यो काखमा राखेर चलाउन सकिने भएकोले यसको लोकप्रियता बढ्दो छ। तर बेलायतमा हालै गरिएको एक सर्भेक्षणले भुईमा, बिछ्यौनामा वा आफ्नो काखमा राखेर ल्यापटप कम्प्युटर चलाउने ब्यत्तिको घाँटी, काध र नाडिमा गम्भिर असर पुग्ने संभावना रहेको देखाएको छ।

लण्डन स्थित युनिभर्सिटी कलेजले गरेको उत्त सर्भेकषणमा सहभागी प्रत्येक पाँच जाना मध्ये एक जनालाई घाटी या काधमा समस्या देखिएको थियो भने १६ प्रतिशतलाई नाडीमा समस्या देखिएको थियो। यसै गरि १५ प्रतिशतमा ढाड दुख्ने समस्या देखिएको छ। सर्भेक्षणमा सहभागी ब्यत्तिहरु हरेक दिन औसत साढे पाँच घण्टा ल्यापटपमा बिताउथे।

Topic: ल्यापटपको मानिसमा असर

No comments found.